Tuesday July 14, 2020  |    | 

आज लखेट्दा भोलि पछुताउनु पर्ला !

khalipati - 2020 Apr 23 07:34 PM
IMG
राजनीतिक दलका नेता कार्यकर्ताले आफू सत्तामा नभएको बेला अर्कोको उछित्तो काड्नेमात्र होइन, सही कामलाई समर्थन गर्न सक्नुपर्छ । होइन भने अर्काको आलोचना गरेर बस्नेलाई भोलिको पुस्ताले धिक्कार्नेछन् ।

यतिबेला नेपाली समाजमा राजनीतिक अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको छ । वर्षौदेखि विभिन्न कालखण्डमा २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२÷०६३ सम्मको ती आन्दोलन जुनसुकै नाममा गरिएको भएता पनि अधिकार प्राप्तिका लागि नेपाली युवाहरु होमिएका थिए । नेपाली समाजको विभिन्न कालखण्डमा निरंकुशता र सामन्तवादी व्यवस्थाविरुद्ध समाज परिवर्तनका लागि अनेकौं जटिल ऐतिहासिक मोडहरु पार गर्दै नेपाली जनताले आफ्नो मुलुकको स्वतन्त्रता र सार्वभौमिकताका निम्ति योगदान दिँदै लामो समय आन्दोलनमा मात्र होमिए । आज यस प्रकारको आन्दोलनमा पूर्णविराम लागेको छ । यसको तात्पर्य नेपाली जनताले मुलुककै लोकतान्त्रिक संविधान पाएका छन् जहाँ जनताका प्रत्येक अधिकार संरक्षित छ ।

नेपाली जनता आज हरेक दृष्टिकोणले स्वतन्त्र र सार्वभौम छन् । यतिबेला देश संघीयताको अभ्यासमा छ । हिजोको केन्द्रकृत शासन प्रणालीमा परिवर्तन आएको छ । सिंहदरबार जनताको घर आँगनमा पुगेको अनुभूति दिलाउन जनप्रतिनिधिहरु प्रयासरत छन् । सरकार हरखालका जटिलताको सामना गर्दै सुखी नेपाली समृद्ध नेपाल मूल नारा बनाई देश विकास गर्नका निम्ति अनवरत रुपमा लागि रहेको छ । हिजोका पुराना संरचनाहरुले काम गर्न कतिपय बेला असहज बनिरहेको छ । नयाँ संरचना पूर्णरुपमा बनिसकेको अवस्था छैन । हिजोदेखि चलिरहेको भष्ट्राचारको जालो भत्काउन त्यति सहज छैन । कतिपय बेला अलि धेरै आलोचनामात्र होइन आरोपसमेत सामना गर्दै पनि सरकारका केही कामले बिस्तारै गति लिइरहेको देखिन्छ ।

यतिबेला स्वतन्त्र र सार्वभौमिक नेपाली आफ्नो अधिकार संरक्षण र सदुपयोग गर्दै आफू र आफ्ना परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउन सिर्जनशील र उधमशील बन्नुपर्ने बेला हो यो । हर तह र तप्कामा विकास निर्माणको काममा आफ्नो भूमिकालाई प्रबल बनाउँदै विकास निर्माणमा आफूले समेत अपनत्व लिँदै सरकारले सुरुवात गरेको विकास निर्माणमा आफू एक असल नागरिकको भूमिकामा रहेर राष्ट्र निर्माणमा समय खर्चनु पर्ने बेला हो यो ।

हामीले बुझ्न पर्ने एउटा कुरा अधिकार पाएसँगै जिम्मेवारी पनि पाएका छौँ । अब हामी कति जिम्मेवार बन्ने त्यसले हाम्रो व्यक्तिगतमात्र होइन, समाज र राष्ट्रको भविष्य र्निधारण गर्छ । अधिकार खाली लिपिबद्ध भएरमात्र हुँदैन त्यसलाई प्राप्त गर्न वा सदुपयोग गर्नका लागि हाम्रो जिम्मेवारी र कर्तव्य महत्वपूर्ण पक्ष हो । एउटा सचेत र असल नागरिकले आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई आत्मसाथ गर्नुपर्छ । हिजो हामी आन्दोलनको मैदानमा थियौँ, जतिबेला तानाशाहीविरुद्ध लडनु हाम्रो कर्तव्य थियो । आज विकास निर्माणको मोडमा छौँ, राष्ट्र निर्माणमा हाम्रो कर्तव्य हो ।

यसो भनिरहँदा हिजो देश बनाउँछु भनेर आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताचाहिँ आफ्नो कर्तव्यप्रति जिम्मेवार छन् त भन्ने प्रश्न स्वभाविक रुपले उठ्छ । यसरी हेर्दा राजनीतिक दलका नेता पनि सत्ता स्वार्थमा लिप्त भएर आफ्नो कर्तव्यप्रति जिम्मेवार पक्कै देखिँदैनन् । विगतदेखि वर्तमानसम्म हरेक राजनीतिक दलका नेताहरु सत्ता हत्याउन एउटाको सरकार छँदा अर्कोले राम्रो कामको समर्थन गर्न नसकेर अनेकन षडयन्त्र रच्दै विरोधको खेल खेलिरहेको देखिन्छ ।

नेताहरु सत्ता स्वार्थमा परी सही र गलत के हो भन्ने छुट्याउन छाडेका छन् । अनि समाजमा यस्तै कारण सकारात्मकभन्दा नकारात्मक सोचको विकासले बढवा पाएको छ । अनि सत्ता सञ्चालनमा रहेका नेता, मन्त्रीहरुको पनि बेलाबखत अनेक खालका भ्रमक सामाचार बाहिर आउँछ । यसले सारा नेपालीलाई दुविधामात्र होइन निरास बनाइदिन्छ ।

हरेक राजनीतिक दलका संयन्त्रहरु विचार, दृष्टिकोणविहीन, गुणस्तरहीन बन्दै गएको छ । खाली लोभ, लालच, चाकडीबाजजस्ता व्यवहार हावी हुँदैछ । सत्तामा रहँदा अलि बढी जिम्मेवार हुनु सत्ता पक्षको दायित्व हो । हरेक राजनीतिक दलका नेताले आज पनि नसच्चिने हो भने कहिले सच्चिने रु उनीहरुले आफ्नो कर्तव्यलाई आज पनि नबुझे इतिहासले यसको मूल्यांकन गर्ने नै छ । आज एकले अर्काको आलोचना गर्दा आनन्द त मिल्ला तर जब भोलिको पुस्ताले धिक्कार्ने दिन आउँछ त्यतिबेला पछुतो शिवाय अरु केही हुने छैन ।

हामीले लडेर ल्याएको स्वतन्त्रता र सार्वभौमिकता केका निम्ति रु खाली अरुलाई गाली गर्न, अनि अरुको कमजोरी देखाउन रु सोचनीय कुरा हामी पनि आ–आफ्नो ठाउँमा जिम्मेवार छौं । दलका नेतामात्र होइन, कार्यकर्ता, सामाजसेवी, नगरिक समाज सबैले एकपटक म म गरौँ त अनि कमजोरी आफैंबाट भएको पनि महसुस हुनेछ । राज्यको चौथो अंग पत्रकारिता पूर्ण प्रेस स्वतन्त्रताको नाराले बेला बेला सडक र सदन तातिन्छ ।

तर पूर्ण प्रेस स्वतन्त्रता केका लागि रु नागरिकले सही सूचना पाउने हक राख्दैनन् रु पत्रकारिताको आफ्नै आचारसहिंता छैन रु पत्रकारिता त यस्तो संयन्त्र हो जुन हरसूचना जनतासामु जस्ताको तस्तै दिनुपर्छ, नागरिकको ऐना बनेर आउनुपर्छ । तर आज पत्रकारिता जगत निष्पक्ष छैन । कुनै न कुनै राजनीतिक दलको खोल ओडेर बेला बखत भ्रामक समाचारले समाजमा थुप्रै भ्रम पैदा गरेको छ । पत्रकारिता एउटा यस्तो संयन्त्र हो, जो हरेक नागरिकले सूचना पाउने एउटै बलियो आधार यो ।

यस्तो संयन्त्र जिम्मेवार भई दिए कति राम्रो हुन्थ्यो । तर तथ्यहीन, बिनाआधारका समाचार लेखेर भ्रमको खेती गर्दै अस्वस्थ प्रतिस्पर्धा पत्रकारको धर्म बन्न गएको छ । के यो हो स्वतन्त्रता रु

आज नेपाली समाजका युवा अनुत्पादक क्षेत्रमा आफ्नो समय खर्चेर चिया पसलमा क्यारम खेल्दै समय खेर फालिरहेका छन् । गाउँमा जमिन बाँझो छेडेर काठमाडौं पसेको एउटा युवा बेरोजगार हुन्छ अनि सरकारलाई गाली गर्दै चिया पसलमा बिताउँछ । के यसरी देशमा समृद्धि आउँछ रु रोजगारी पाउनु हामी सबैको अधिकार हो । राज्यले हरेक युवाको रोजगारीको व्यवस्था गरिदिनु पर्दछ । तर अधिकार खोज्दा कर्तव्य पनि भुल्नु हुँदैन । हामी सबैले सकारात्मक सोचको विकास गर्न जरुरी छ ।

हामीसँग अथाह संभावना नभएका होइनन्, मात्र व्यवस्थापनमा समस्या छ । हामीसँग भएका जमिनमा हामीले सही सदुपयोग ग¥यो भने प्रशस्त उत्पादन हुन्छ । तर हामीलाई इच्छाशक्ति अनि आत्मविश्वास र मिहिनेतको खाँचो छ । हामीले यहीँ भएको सम्भावनाको सदुपयोग गर्न सकियो भने बेरोजगार भएँ भनेर राहदानी बनाएर मेनपावर कम्पनीका ढोका धाउन पर्दैन । अनि सकारको मुख ताकिरहन पनि पर्दैन । यसो हुँदा आफूमात्र होइन अरुलाई समेत जीवन निर्वाहको निम्ति रोजगारी दिन सकिन्छ । यसका निम्ति सरकारले केही विशेष नीति भने ल्याउन जरुरी छ ।

सरकारका संरचनाहरु युवा स्वारोजगार कोष, राष्ट्रिय युवा परिषद्को भूमिका यसमा महत्वपूर्ण बन्नुपर्छ । अब खाली अरुको कमजोरी देखाएर होइन आफ्नो कर्तव्यलाई पनि आत्मसाथ गरेर हरबखत कर्म गरौँ । नयाँ वर्षका प्रारम्भिक दिनहरुबाट, कोरोना भाइरसको संक्रमणलाई बिदाई गर्दागर्दै हामीले यतातिर पनि सोच्नु जरुरी छ । यति हुँदा देशले अवश्य मुहार फेर्नेछ ।

– लेखक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ ।