Wednesday September 29, 2021  |    | 

वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ

khalipati - 2020 May 03 03:55 PM
IMG
वीरगञ्ज महानगरपालिका मा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ |

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।