Thursday October 29, 2020  |    | 

नापोलीले जित्यो कोपा ईटालिया कपको उपाधि

khalipati - 2020 Jun 18 01:48 PM
IMG
एजेन्सी । नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ ।

गएराति भएको खेलमा युभन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

अर्काडियस मिलिकले नापोलीका लागि पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । युभेन्टसका पाब्लो ड्याबाला र ड्यानिलो पेनाल्टी सुटआउटमा असफल भएका थिए ।

नापोलीका प्रशिक्षक गेनारो गट्टुसोले ईटालियन क्लबबाट पहिलो उपाधि उचालेको हुन् ।

नापोलीका पूर्व प्रशिक्षक मौरिसियो सर्री सोही उपलब्धी हासिल गर्नबाट बिमुख रहे । उनी तीन बर्ष अघि नापोली छाड्दै लण्डन क्लब चेल्सी गएका थिए । लगत्तै अर्को सिजन उनी युभेन्टस फर्किएका थिए ।

यस सिजनको सिरि ए फुटबलमा भने युभेन्टसले दोस्रो स्थानको लाजियोसंग एक अंकको अग्रता कायम गरेको छ ।