Thursday October 29, 2020  |    | 

आर्सनलमाथि सिटीको सहज जीत, रंगभेद विरुद्धको आन्दोलनको समर्थन

khalipati - 2020 Jun 18 01:53 PM
IMG
काठमाडौं । कोरोना महामारीका कारण झण्डै साढे ३ महिनापछि पुनस् सुरु भएको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० गोलले पराजित गरेको छ ।

म्यानसिटीलाई सहज जित दिलाउन रहिम स्टर्लिङ, केभिन डी ब्रुईन र फोडिनले एक एक गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा स्टर्लिङले गोल गर्दै म्यानसिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ आर्सनलका लागि राम्रो रहन सकेन । खेलको ४९ औं मिनेटमा आर्सनलका डेबिड लुईज रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

खेलको ५१ औँ मिनेटमा म्यानसिटीले पेनाल्टी पायो जसलाई डी ब्रुईनले सदुपयोग गरे ।

फिल फोडिनले दोस्रो हाफको अन्तिम समयमा गोल गरे ।

यो जितसँगै म्यानसिटीको ६० अंक भएको छ । म्यानसिटी लिगको दोस्रो स्थानमा रहेको छ । आर्सनल ४० अंकका साथ लिगको नवौं स्थानमा छ ।

यसअघि पहिलो खेलमा एस्टन मिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले । ईपीएलको अंकतालिकामा २९ खेल खेलेको लिभरपुलको ८२ अंक छ । समान खेल खेलेको म्यान सिटी ६० अंकसहित दोस्रो स्थानमा छ ।

सेफिल्ड युनाइटेड छैठौँ र आर्सनल नवौँ स्थानमा छन् । एस्टोन भिल्ला भने रेलिगेसन जोनमा छ ।

ईपीएलको पहिलो दिन बुधवारका दुवै खेलअघि खेलाडी र अफिसियलले घुँडा टकेर ‘अश्वेतको जीवनको महत्व छ’ आन्दोलनप्रति समर्थन जनाएका छन् ।

दुवै खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, रेफ्री र अफिसियलहरु मैदान प्रवेश गरेर घुँडा टेकेका थिए । त्यसपछि उनीहरुले कोरोनाभाइरस संक्रमण भएर मृत्यु हुनेका लागि मौनधारण पनि गरेका थिए । रंगशालामा खेल हेर्न दर्शकलाई अनुमति भने थिएन ।