Tuesday July 14, 2020  |    | 

कोरोना प्रभावित फुटबलकर्मीलाई राहत दिन एन्फाले गरेको प्रस्ताव फिफाद्वारा स्वीकृत

khalipati - 2020 Jun 19 01:14 PM
IMG
काठमाडौं, ४ असार । कोरोनाबाट प्रभावित फुटबलकर्मीलाई राहत दिन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेकोे १ लाख डलरको राहत कार्यक्रम प्रस्तावलाई फिफाले स्वीकृत गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित फुटबलसंग सम्बन्धित व्यक्ति तथा संस्थालाई राहतका लागि एन्फाले प्रस्ताव गरेको १ लाख डलरको कार्यक्रमलाई फिफाले स्वीकृति प्रदान गरेको हो ।

एन्फाले आफुसंग आबद्ध जिल्ला सदस्य, संघ, खेलाडी तथा अफिसियललाई दिने आर्थिक प्याकेजको कार्यक्रम फिफा समक्ष प्रस्ताव गरेको थियो ।

एन्फाले जिल्ला, संघ तथा क्लबहरुलाई समान ७५ हजार तथा राष्ट्रिय टिमका खेलाडी तथा रेफ्रीलाई समान १५ हजार रुपैयाँ राहत दिने प्रस्ताव गरेको थियो । एन्फाले पेश गरेको राहत सम्बन्धि प्रस्तावलाई फिफाले स्वीकृत गरेको हो ।

एन्फाले फिफाबाट प्राप्त राहत रकमलाई समान रुपमा जिल्ला, क्लब, संघ तथा खेलाडी अफिसियलमा वितरण गर्न लागेको हो । घरेलु फुटबल सञ्चालनको समय अझै तय हुने सकेको छैन । तर एन्फाले विश्वकप छनोटको खेलको तयारीकालागि अर्को महिनाबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिसकेको छ