Tuesday July 14, 2020  |    | 

एइबारमाथि रियल मड्रिडको सहज जित, बार्सिलोनासँगको अंक दूरी घटायो

khalipati - 2020 Jun 19 01:18 PM
IMG
काठमाडौं । कोरोनाभाइरस महामारी पछिको आफ्नो पहिलो खेलमा रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको ला लिगामा मड्रिडले एइबारलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

मड्रिडको घरेलु मैदान अल्फ्रेडो डे स्टेफानोमा भएको खेल मड्रिडलाई सहज जित दिलाउनको लागि कप्तान सर्जियो रामोस, टोनी क्रुस  र मार्सेलोले समान एकरएक गोल गरे ।

मड्रिडले खेल शुरू भएको चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता लिएको थियो । मिडफिल्डर टोनी क्रुसले शानदार गोल गर्दै मड्रिडलाई अग्रता  दिलाएका थिए ।

त्यसपछि खेलको ३० औं मिनेटमा कप्तान रामोसले गोल गर्दै मड्रिडको अग्रता दोब्बर बनाए । उनले इडेन हाजार्डको पासमा गोल गरेका थिए । हाजार्ड लामो समयपछि चोटमुक्त हुँदै यसै खेलबाट मैदान फर्किएका हुन् ।

३७ औं मिनेटमा मार्सेलोले गोल गर्दै मड्रिडलाई ३-० गोलको अग्रता दिलाए ।

पहिलो हफमा तीन गोल गरेको मड्रिडले दोस्रो हाफमा भने एक गोल पनि थप्न सेकन । एइबारले भने एक गोल फर्कायो ।

६० औं मिनेटमा पेड्रो बिगासले हानेको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाको हातबाट चिप्लिएर पोस्टमा छिरेको थियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल मड्रिडले ३(१ ले जित्यो ।

यो जितसपछि मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दूरी २ मै झारेको छ । २८ खेल खेलेको मड्रिडले ५९ अंक जोडेका छ भने समान खेल खेलेको बार्सिलोनाले ६१ अंक जोडेको छ ।

लिगमा अब १० खेल्न बाँकी छन् । यता, पराजित एइबार २७ अंकसहित १६औं स्थानमा यथावत रहेको छ ।