Monday September 28, 2020  |    | 

पुनर्कर्जा कोषको फाइदा लिने प्रक्रियालाई सरलिकरण गर्नुपर्ने: सौरभ ज्योति

khalipati - 2020 Jun 20 07:01 PM
IMG
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले बजेटबाट उद्योगी व्यवसायीहलाई सम्बोधन हुन नसकेकाले मौद्रिक नीतिमार्फत रिलिफका प्याकेजहरु ल्याउनुपर्ने बताए । उनले थ्री आर (रिड्युस, रिस्टक्चर र रिफाइनान्स)का आधारमा मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

ब्याजको आधार दर घटाउने, सिआरआर घटाउने, एसएलआर घटाउने, स्प्रेड रेट घटाउने गरी मौद्रिक नीति आउनुपर्नेमा व्यवसायी ज्योतिले जोड दिए । उनले सिसिडी ८० प्रतिशतबाट ८५ प्रतिशत पु¥याउने, एसएलआर १० बाट ८ प्रतिशतमा ल्याउने र अपरेटिङ कस्टमा कमि गर्न सकेमा बेस रेट घट्न सक्ने र यसले कर्जाको ब्याजदर घट्न गई बजारमा तरलता बढ्ने बताए ।

कोभिडको असर अर्थतन्त्रमा २र३ वर्षसम्म पर्ने भएकाले कर्जाको पुनर्तालिकीकरण आवश्यक रहेको समेत ज्योतिले बताए । यस्तै, पुनर्कर्जा पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण हुने भएकाले सरकारले ल्याएको १०० अर्बको कोषमा सबै उद्योगी व्यवसायीको पहुँच हुने व्यवस्था गर्नुपर्ने उनले माग गरे । पुनर्कर्जा कोषको फाइदा लिने प्रक्रियालाई सरलिकरण गर्नुपर्ने ज्योतिले बताए ।