Tuesday July 14, 2020  |    | 

थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

khalipati - 2020 Jun 28 04:34 PM
IMG
काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप  ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १०५ जना महिला र ३५८  जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।

डिस्चार्ज
थप १७९ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीनहजार १३ पुगेको छ । 

ललितपुरमा थप एक  
ललितपुरमा थप एकजना महिला सङ्क्रमित थपिएको छ ।