Tuesday July 14, 2020  |    | 

उपत्यकामा थप ८ सहित ४६८ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १३२४८ पुग्यो

khalipati - 2020 Jun 29 04:46 PM
IMG
काठमाडौं, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् । 

डिस्चार्ज
थप १२१ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीनहजार १३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।


साथै काठमाडौं जिल्लामा ६ जना, ललितपुरमा १  र भक्तपुरमा १ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।