Monday September 28, 2020  |    | 

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि

khalipati - 2020 Jul 06 04:57 PM
IMG
१७ असार २०७७, बुधबार प्रकाशित
सरकारले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय एक रुपैयाँ तथा डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको छ ।

मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुनेछ । लकडाउनका ३ महिनामा आयल निगमलाई ३ अर्ब नाफा भएको छ ।

पछिल्लो तीन महिनामा चरम नाफा कमाइरहँदा निगमले मूल्य समायोजन गरेको थिएन ।