Friday June 25, 2021  |    | 

बुधवार थप २१० जना नयाँ सङ्क्रमित, कुल सङ्क्रमित १९ हजार २७३ पुग्यो

khalipati - 2020 Jul 29 04:39 PM
IMG
नेपालमा पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको छ ।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। 

हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।