Monday September 28, 2020  |    | 

पीएसजीको सनसनीपूर्ण जीत, २५ वर्षपछि सेमिफाइनलमा

khalipati - 2020 Aug 13 12:28 PM
IMG

पेरिस सेन्ट जर्मेनले एटलान्टाविरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै पछिल्लो २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । एटलान्टाका मारियो पासालिचको गोलको कारण हारतर्फ अग्रसर बनेको पीएसजीले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।

बुधबारबाट पोर्चुगलको लिस्बनमा सुरू भएको क्वार्टरफाइनलको प्रतिस्पर्धामा पिएसजीले इटालियन क्लब एटलान्टमाथि २(१ को रोमाञ्चक जित हात पारेर अन्तिम चारमा स्थान पक्का गरेको हो।

ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।

खेलमा अग्रता भने एटलान्टाले लिएको थियो। एटलान्टाका लागि पलासिकले २६ मिनेटमा गोल गरेका थिए।

अन्त्यमा पिएसजीले गरेका दुई गोलबीच १४९ सेकेन्डको अन्तर थियो।

लिगअन्तर्गत बिहीबार राति जर्मन क्लब आरबी लेइपजिग र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ। खेलको विजेतासँग पिएसजीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।