Thursday October 29, 2020  |    | 

आरबी लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

khalipati - 2020 Aug 14 10:37 AM
IMG
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।
८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २(१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो ।
अब लेइपजीगले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।
च्याम्पियन्स लिगको अर्काे क्वाटरफाइनल बायर्न म्युनिख र बार्सिलोनाबीच शनिबार राति नेपाली समय अनुसार १२ः४५ मा हुनेछ ।