Wednesday September 29, 2021  |    | 

उपत्यकामा थप १९७ सहित ५८१ सङ्क्रमित, कुल सङ्क्रमित २७२४१ पुग्यो

khalipati - 2020 Aug 17 04:41 PM
IMG
काठमाडौँ, भदौ १ गते । कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१  जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नौहजार ६३९ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार  २४१ पुगेको जानकारी दिनुभयो । क्वारेन्टिनमा १५ हजार १५८  रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।


उपत्यकामा १९७ सङ्क्रमित

काठमाडौँ उपत्यकामा १९७ जना नयाँ थपिएका छन् । काठमाडौँमा १६८, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् ।


मृत्यु सङ्ख्या १०७ पुग्यो, सोमबार तीनको मृत्यु

सोमबार तीनजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।