Monday September 28, 2020  |    | 

उपत्यकामा ३९६ सहित थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज

khalipati - 2020 Sep 08 04:54 PM
IMG
काठमाडौँ, भदौ २३ गते । नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् ।

प्रवक्ता डा. गौतमले निको हुन दर ६८।५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४  जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा दुईहजार २८७ जना निको भएका छन् ।

आइसोलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय छ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

यस्तै, आइसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ रहेका छन् ।