Monday September 28, 2020  |    | 

उपत्यकामा ४६४ संक्रमित सहित थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९

khalipati - 2020 Sep 09 05:19 PM
IMG
काठमाडौँ, भदौ २४ गते । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

प्रवक्ता डा। गौतमले हालसम्म ३३ हजार ८८२  जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा नौसय १८ जना निको भएका छन् ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।