Saturday December 5, 2020  |    | 

थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

khalipati - 2020 Sep 11 04:39 PM
IMG
काठमाडौँ, भदौ २६ गते । नेपालमा कोभिड–१९ का एकहजार ४५४  सङ्क्रमितको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३६ हजार ६७२ पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ । योसँगै कोरोनाको कारणले मृत्यु भएकाको संख्या ३२२ पुगेको छ ।