Monday September 28, 2020  |    | 

बिध ल्याबमा कोरोना परीक्षणको शुल्क अब २ हजार मात्र

khalipati - 2020 Sep 13 04:44 PM
IMG
२८ भाद्र २०७७, आइतबार
बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो ।सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ ।

बिध ल्याबका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो । ल्याबका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरि शुल्क घटाइएको हो ।

सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने ल्याबले जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ ।

गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो ।

ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सक्छ । छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको यस ल्याब ललितपुरको कुपण्डोलमा छ ।