Thursday October 29, 2020  |    | 

वामदेव राष्ट्रियसभामा मनोनित

khalipati - 2020 Sep 17 04:15 PM
IMG
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुभएको हो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त राष्ट्रिय सभा सदस्य गौतमको शपथ आजै अपरान्ह ४ बजे सिंहदरबारमा तय भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

नवनियुक्त राष्ट्रिय सभा सदस्य गौतमलाई अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराउनु हुने छ ।