Thursday October 29, 2020  |    | 

उपत्यकामा ६१८ सहित १२४६ संक्रमित, कुल सङ्क्रमित ५९५७३ पुग्यो

khalipati - 2020 Sep 17 05:02 PM
IMG
काठमाडौं, असोज १ गते । नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३  जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९  पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा कुल १६ हजार २४१  पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । देशभर १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।