Thursday October 29, 2020  |    | 

सङ्क्रमित संख्या एकै दिन उपत्यकामा ८५९ सहित २०२० जनामा, कुल ६१५९३ पुग्यो

khalipati - 2020 Sep 18 04:52 PM
IMG
काठमाडौं, असोज २ गते । नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३  वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.१४ प्रतिशत पुगेको छ ।


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।



आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । संस्थागत आइसोलेसनमा नौहजार २९५ र होम आइसोलेसनमा आठहजार ८८ रहेका छन् । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।




पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ । मृत्युदर शुन्य दशमलब ६३ प्रतिशत रहेको छ ।