Thursday October 29, 2020  |    | 

उपत्यकामा ६४७ सहित थप १३५६ सङ्क्रमित, कुल सङ्क्रमित ६६६३२ पुग्यो

khalipati - 2020 Sep 22 04:49 PM
IMG
काठमाडौं, असोज  ६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।

देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख ३४ हजार ९७७ वटा आरटी पीसीआर परीक्षण पुगेको छ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४८ हजार ०६१ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेको छ ।

हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय  छ । आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् ।

देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन्  । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।