Thursday October 29, 2020  |    | 

उपत्यकामा ८०९ सहित कुल संक्रमितको संख्या ७३३९४ पुग्यो

khalipati - 2020 Sep 27 05:05 PM
IMG
११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस -कोभिड-१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


उपत्यकामा कोरोनाभाइरसका ८०९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ८०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा भक्तपुरमा २१ महिला र ५१ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकासहितका तीन जिल्ला सम्मिलित वागमती प्रदेशमा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७३ जना थपिएकोमा ९०२ सङ्क्रमित वागमती प्रदेशकै छन् । चितवनमा ८३ जना सङ्क्रमितको पुष्टि भएको हो ।