Saturday December 5, 2020  |    | 

थप ३४३९ कोरोना संक्रमित, कुल ९४ हजार २५३ पुग्यो

khalipati - 2020 Oct 07 04:43 PM
IMG
काठमाडौं, असोज २१ गते । नेपालमा कोरोना भाइरसका ३४ सय ३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को सो सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

 हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ रहेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

सङ्क्रमण सक्रिय भएकामा मध्ये २३३ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

मृत्यु
पछिल्लो चौबीस घण्टामा १५ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५७८ जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।